Monday, January 9, 2017

शेयरका लागि लाइन बस्नु नपर्ने, हाइड्रोमा अनलाइनबाटै लगानीको बाटो खुला

शेयरका लागि लाइन बस्नु नपर्ने, हाइड्रोमा अनलाइनबाटै लगानीको बाटो खुला
पुस २५, काठमाडौं (अस)। जलविद्युतमा लगानी गर्न चाहँनेहरुले अब शेयर भर्नका लागि लामो लाइन बस्नु नपर्ने 
भएको छ । अनलाइनबाटै लगानीको प्रतिवद्धताका लागि भनेर सोमवारबाट ऊर्जा मन्त्रालयले नयाँ वेबसाइट 
www.moenonline.moen.gov.np शुरु गरेको छ । मन्त्रालयमा सम्पन्न पत्रकार सम्मेलनमा ऊर्जामन्त्री जनार्दन 
शर्माले उक्त वेबसाइटको उद्घाटन गरेका हुन् ।
नेपालको पानी जनताकोे लगानी कार्यक्रमको ३७ वुँदे प्रतिवद्धतापत्र कार्यान्वयन गर्न, सो प्रविवद्धतापत्रको बुँदा नं.
५, ७, ८ र ९ लाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न साथै हाईड्रोमा लगानी जुटाई लगानी सुनिश्चित गर्न उक्त 
प्रतिवद्धता फारम अनलाईन मार्फत भर्ने व्यवस्था गरेको ऊर्जामन्त्री शर्माले बताए ।
जलविद्युतमा लगानी गर्न इच्छुक व्यक्ति (देशभित्र वा बाहिर जहाँबाट भए पनि), वा कम्पनीले एकमुष्ट वा 
वार्षिक रुपमा लगानी गर्न चाहेको रकमको प्रतिवद्धता वेबसाइट मार्फत् गर्न सक्नेछन् । जसका लागि वेबसाइटमा 
आफ्नो एकाउण्ट खोली लग इन गरेर प्राप्त हुने निर्देशनहरुका आधारमा आफ्नो प्रतिवद्धता पेश गर्नुपर्ने हुन्छ ।
यसरी गरिएका प्रतिवद्धताअनुरुप हुन आउने लगानीका आधारमा तत्काल निर्माण गर्न सकिने 
जलाशययुक्त तथा पिकिङ् रन अफ रिभर आयोजनाहरुमा लगानी गरिनेछ । यसो गर्दा लगानीकर्ताहरुलाई 
उनीहरुको लगानीद्वारा बन्ने आयोजनाको बारेमा जानकारी दिइने र लगानीबापत पाउने मुनाफा सम्बन्धित 
आयोजनाबाटै प्राप्त हुने मन्त्री शर्माले जानकारी गराए ।

No comments:

Post a Comment