Thursday, March 3, 2011

बोल्ड बनौं बोल्ड !!!


हिजो म अफिसबाट घर जाँदै थिएँ । एक्लै भएसम्म िहंड्नु मेरो रहर हो किनकी िहंड्दा देखिने धेरै कुराले केही सोच्ने परिस्थितिको सृजना गर्छन् र तिनले आफ्ना बुझाइहरुलाई माझ्दै र थप्दै जान्छन् भन्ने मेरो मान्यता हो । हिजो पनि त्यो अवसरको भरपूर सदुपयोग गर्ने मनस्थितिका साथ नयाँबाटो हुँदै चक्रपथ ओर्लिएँ । देब्रेपट्टि गाडीका ताँती जाममा थिए यदि गाडी चढेकै भए पनि िहंड्दा भन्दा ढिलै गन्तब्यमा पुग्ने सम्भावना बढी थियो ।
अस्तिको पानीले फोहोर बगाएको बाटो अनि कतै कतै खाल्डा खुल्डीमा सुक्न बाँकी पानी । बाग्मती सामान्य आकारमा बग्दा किनारको सुकुम्बासी बस्तीका मानिसहरुले कपडा धुने वा करेसाबारीमा हाल्ने प्रयोजनकालागि छानिएको पानी निकाल्न बगरमा बनाएका खाल्डा खुल्डी खोलाकै पानीले भरिएका रहेछन् । दिनभरी चारा चर्न गएका पंक्षी साँझ गुँडमा फर्किए झैं हरेक मानिस बासस्थान तिर लम्किरहेका थिए । त्यसमा कर्मचारी मजदुर अनि विद्यार्थीहरु पनि थिए । दिनदिनै एउटै बाटो िहंड्दा पनि प्रत्येक दिन अपरिचित अनुहार देखिने यहाँको भिडमा कसैलाई कसैको मत्लब कहाँ
बल्खु चौबाटो कटेर दाँयाँ साइड हुँदै कलंकी तर्फ बढ्दै गर्दा पछाडी फर्किंदै र हतारिँदै हिँडेकी कलेजको ड्रेस लगाएकी एउटी किशोरीलाई देखें । शंका लाग्यो पक्कै केही त गड्बडी छ । फटाफट दुई चार पाईला बढेपछि थाहा नपाए झैं गरेर म उनी भन्दा एक हात जति देब्रेपट्टि रहेर उनकै गतिमा हिँड्न थालें । टाटा सुमोका काउण्टरहरु कटेपछि कलेजको ड्रेस लगाएको एउटा केटा पछाडीबाट स्वाट्ट मेरो बायाँ पट्टि आयो । किशोरीको दृष्टि भ्रम भएछ क्यारे उन्ले मलाई नै सो केटा भन्ने ठानेर मलाई हेर्दै एक्कासी चिच्याइन् । यत्तिकैमा केटा पछाडी फर्केर बाटोको तलतिर झर् यो । मैले ति किशोरीलाई नआत्तिनँ आग्रहै गर्दै गफ गर्दै गएँ ।
उनी कक्षा ११ मा बिहानको समयमा पढेर दिउँसो सोही प्लस टु विद्यालयमा सानो कक्षाका विद्यार्थीहरुलाई पढाउँदि रहिछिन् । पिछा लाग्ने केटा अर्कै कलेजमा पढ्छ रे र हेरक दिन यसैगरी पिछा लागेर हैरान पार्छ रे । म उन्लाई नडराउँनु म छु भन्दै थिएँ तर उनी अझै पनि डरले पछाडी फर्किंदै हेर्दै थिईँनँ । बाटोभरी मैले उन्लाई नडराउँन र मनमा डर लागे पनि बाहिर नदेखाउँन आग्रह गर्दै लगें । उन्को घर जाने गल्लिको बाटो आइ सकेकाले मैले उनलाई सबै कुरा त भन्न भ्याईँनँ तर यो लेख मार्फत आम पाठकहरुलाई आफ्ना अनुभवहरुका आधारमा केही भन्न चाहँन्छु ।
जोसुकै जे सुकैले पनि त्यस्लाई हेप्छ जो वा जेलाई आफूभन्दा कमजोर ठान्छ । बाघले कुकुरलाई कुकुरले बिरालोलाई बिरालोले मुसालाई त्यसैगरी हाम्रोजस्तो पुरुषहरुलाई बलवान र महिलालाई कमजोर ठानिने समाजमा पाएसम्म र चाहेसम्म हरेक स्तरका पुरुषले हरेक स्तरका महिलालाई हेप्छन् । यसको एक मात्र समाधान भनेको हैसियत त्यो घरमा होस् बाटोमा होस् अफिसमा होस् या जहाँकहीँ पनि लागू हुन्छ । तपाईँ पैदल िहंड्दा जिस्क्याउँनेहरु तपाईँ बाइकमा िहंड्दा जिस्क्याउँदैनन् तपाईँ बाइकमा िहंड्दा छुँदै बाइक हुँईँक्याउँनेहरुले तपाईँ कारमा िहंड्दा छुँन सक्दैनन् तपाईँ कारमा िहंड्दा पेल्नेले तपाईँ प्लेनमा उड्दा पेल्न सक्दैनन् । हो यसरी तपाईँको हैसियतले तपाईँमाथि आइलाग्ने हेपाहा प्रवृत्तिलाई दबाउँन सक्छ । यो त अलि ठूलो कुरा भयो भन्नु होला र सोध्नु होला अब ति किशोरी चाहीँ कसरी बँचेर िहंड्ने थोरै त मैले उनलाई पनि भनिसकेकी छु र तपाईँलाई पनि भन्छु जो भाग्छ उस्लाई न हो खेद्ने जो तसर्िन्छ उस्लाई न हो तसा्रउँने अनि जो डराउँछ उस्लाई न हो डर देखाउँने । मैले पनि ति उमेर र अवस्था पार गर्दा त्यस्ता समस्या नभोगेको होइन ।
चार वर्ष जति अघिको घटना हो हेटौंमा रहेको हेटौंडा एफ्।एम्।मा बिहीबार राती १० देखि ११ बजेसम्म प्रसारण हुने गजल प्रहर सकेर एक दिन घर जान खोज्दै थिएँ । यता म भोकै थिएँ भने ४५ मिनेट पर रहेको मेरो घरमा मेरो खाना चीसो भइसकेको थियो । प्रायः जसो मलाई घर पुर् याउँन जाने केटा साथीहरु कोही पनि अफिसमा थिएनन् घरबाट लिन आउँने पनि कोही थिएन । यसो सोचें सधैं हिँडिरहेकै त बाटो हो नि त्यही पनि बस्ती नै बस्ती छ के नै होला र प्राविधिक साथीलाई म गएँ है भनेर हिँडें ।
बस्ती चकमन्न थियो मन ढक्क फुलेको थियो तर पनि लमक् लमक् गर्दै हात हल्लाउँदै यताउता हेर्दै िहंडिरहें । मलाई अलिकति के विश्वास थियो भने मेरो िहंडाइको तरिकाले झट्ट देख्ने मान्छेले यो सामान्य केटी होइन यस्ले कम्फु कराँते सिकेकी होली भन्ने ठान्छन् । त्यसले मेरो आत्मबललाई अलिकति भएपनि बढायो । तै पनि वरपरबाट आउँने छस्रयाक् छुस्रुक् आवाजलाई पनि बढो ध्यान दिएर याद गर्दै हिँड्दै थिएँ भैरब रोडको मस्जिद अगाडी आइ पुग्दा पछाडीबाट साइकलमा एउटा मान्छे आएर कता जाने हो भन्यो । मैले मनकामना चोक भनें । घर नै हो कि भनेर शंकास्पद तरिकाले सोध्यो । मैले दृढताका साथ हो भनें । मनमा कताकता डर त लागेको थियो तर पनि वरपरका कुनै कुनै घरमा बत्ती बलेको कुनै कोठामा मधुरो आवाजमा एफ्।एम्। बजेको र कतै कतै मान्छे खोकिरहेको आवाजले केही परिहाल्यो भने चिच्याएँ भने पनि कसै न कसैले त सुन्छन् भन्ने आश लाग्यो ।
तर सकेसम्म अझै पनि मेरो प्रयास भनेको त्यो मान्छेलाई म डराएको महशुस नगराउँनु नै थियो । त्यसपछि कुराको सुरुवात मैले नै गरें दाइ के काम गर्नु हुन्छ फर्निचरमा गर्छु । िहंड्दै कुरा पनि भइरहेको थियो । म चाहीँ उस्ले गलत कुरा सोच्न नभ्याओस् भनेर जतिसक्दो धेरै कुरा गर्दै िहंडिरहेकी थिएँ । उस्ले सोध्नु भन्दा अगाडी नै मैले आफू रेडियोमा काम गर्ने आज पुर् याउँन जाने कोही नभएर एक्लै परें हेर्नु न भने पछि ऊ एकछिन् रोकियो र तपाईँ दुर्गा हो भनेर सोध्यो । मैले हो भनेपछि म भर्खरै गजल प्रहर सुन्दै आको भन्दै घाँटीमा झुण्डिरहेको मोबाइलको इयर फोन देखायो म त तपाईँले रेकर्ड गरेर छोड्नु भाको होला भन्ने सोचेको थिएँ अहिले नै बोलेर आउँनु भाको हो सोध्यो । त्यसपछि त उसैले तपाईँको यो कार्यक्रम सुनेको थिएँ यो मन परेको थियो सबै भन्न थालि हाल्यो नि । अनि त उसैले साइकलमा राखेर घरसम्म पुर् याइ दियो । घर पुगेपछि सम्झिएँ उस्ले सुरुमा बोलाउँदा म नबोली छड्केर िहंड्न खोजेको भए बोल्दा डराएको भए वा भागेको भए नजाने के के हुन्थ्यो ।
अन्ततः म यो निष्कर्षमा पुगेकी छु कि बोल्ड बन्नु नै यस्ता समस्याबाट मुक्ति पाउँने उपाय हुन् । त्यसैले सबै उमेरका महिलाहरुलाई भन्न चाहँन्छु बोल्ड बनौं बोल्ड ।