Friday, June 19, 2015

एसएलसीको नतिजा सार्वजनिक, ४७.४३ प्रतिशत उत्तिर्ण

यस वर्षको एसएलसी परीक्षाको नतिजा सार्वजनिक भएको छ। भर्खरै सार्वजनिक भएको नतिजा अनुसार कुल ४७.४३ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन्। यसअघि ४३ दशमलव ९२ प्रतिशत विद्यार्थी उत्रीर्ण भएका थिए ।
१ लाख ९२ हजार २ सय २६७ जना पास भएका छन्।  जसमध्ये १०९०४३ (५३.९४%) जना केटा र ८३२२४ (४०.९६%)केटी पास भएका छन्। यस्तै एक्जाम्टेडतर्फ १८७७८ जना अर्थात १३.८ प्रतिशत पास भएका छन्। 
गत वर्ष चैत ५ देखि १३ गतेसम्म सञ्चालन भएको एसएलसीमा नियमिततर्फ ५ लाख ७४ हजार ६ सय ८५, पुनःपरीक्षातर्फ १ लाख ४५ हजार १ सय ८३ र प्राविधिकतर्फ ३ हजार ३ सय ८८ विद्यार्थी सहभागी थिए।
यस्तै प्राविधिकतर्फको नतिजा भने यसै साताभित्र हुने परीक्षा नियन्त्रक बिष्णुबहादुर द्वारेले बताए। गत वर्षबाट प्राविधिकतर्फ पनि एसएलसी परीक्षाको थालनी गरिएको हो। ग्रेडिङ मूल्याङ्कन प्रणाली लागू गरिने भएकोले साधारण र प्राविधिकको नतिजासँगै सार्वजनिक गर्न नसकिएको उनले बताए।
ग्रेडिङ प्रणाली अनुसार ए प्लस, ए, बी, सी, डी र ई उल्लेखित लब्धाङ्कपत्र दिइनेछ र परीक्षार्थीले अनुत्तीर्ण भनी उल्लेख नगरिएको लब्धाङ्कपत्र प्राप्त गर्नेछन्। यसका लागि ३ हजार २ सय ८८ विद्यार्थीले परीक्षा दिएका थिए।
परीक्षाको नतिजा कसरी हेर्ने?
परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस वर्षको एसएलसी परीक्षाको नतिजा थाहा पाउन मोबाइल र वेबसाइटबाट हेर्ने व्यवस्था मिलाइएको छ।
परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेका अनुसार विद्यार्थीलाई आफ्नो नतिजा हेर्न सजिलो होस् भनेर यस्तो व्यवस्था गरिएको हो।
इन्टरनेटको पहुँच नभएकाले मोबाइलमा एसएमएसबाट पनि परीक्षाफल थाहा पाउन सक्छन्। त्यसको लागि SLC टाइप गरेर एक स्पेस दिएपछि सिम्वोल नम्बर लेखेर ५५६६, १६००,  ५००१, ४९४९, ५२२५, ७६७६ मा एसएमएस गर्न सकिन्छ।
यस्तै नेपाल टेलिकमको १६०० मा फोन गरेर पनि आफ्नो सिम्बोल नम्बर डायल गरेर पनि नतिजा थाहा पाउन सकिन्छ।
इन्टरनेट मार्फत हेर्नका लागि शिक्षा मन्त्रालयको वेवसाइट www.moe.gov.np,
शिक्षा विभागको वेवसाइट www.doe.gov.np,
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीको वेवसाइट www.soce.gov.np,
 नेपाल टेलिकमको www.slc.ntc.net.np,
एनसेलको www.ncell.com.np मा पनि परीक्षाफल हेर्न सकिने छ।
स्रोत: सेतोपाटी 

No comments:

Post a Comment