Saturday, May 30, 2009

धर्म, मन्दिर र महिला

मानव सभ्यताको सुरुवात सँगै धर्मको सुरुवात भएको पाइन्छ । धर्म कुनै समयको समाजलाई उचित मार्ग दर्शकको रुपमा अहिलेको कानुन झैं प्रचलनमा ल्याइएको थियो । समय क्रमसँगै राज्य बन्यो ,कानुन बन्यो तर धर्म मान्ने निरन्तरता रहिनै रह्यो । जसरी दक्षिण एशियाकै उत्कृष्ट भनिएको नेपालको संविधान २०४७ महिला सहभागीता बिना तयार हुँदा महिला मैत्री बन्न सकेन त्यसैगरी धार्मिक मान्यताको निर्माण पनि पितृ सत्तात्मक ब्यवस्था अनुरुप भएको हुँदा केहि धार्मिक कानुनहरु महिला बिरोधी र निषेधी छन् ।
एक पत्रिकाको असोज २९ गतेको अंकमा धनुषाको राजदेवी मन्दिरमा विभिन्न अन्धबिश्वासका कारण महिलालाई प्रवेश निषेध गर्ने परम्परा रहेको समाचार पढें । यो र यस्तै समाचारहरू पढेपछि यस्तै एक अर्को ठाउँ, र यसैसँग जोडिएको एक घटना लेखी पाठक माझ अन्धविश्वासको प्रभुत्व र्छलङ्ग्याउने प्रयत्न गर्दैछु ।
घटना २०६० मंसिर २७ गतेको हो । हेटौंडाको एक संस्थाले आयोजना गरेको पत्रकारीता तालिमका सहभागी, आयोजक र एक जना प्रशिक्षक समेत गरी २५ जनाको टोली हेटौंडाको उत्तरमा पर्ने चिसापानी गढीको अध्ययन, अनुसन्धानका लागि भिमफेदीबाट अढाइ घण्टाको उकालो यात्रापछि गन्तव्यमा पुग्यो । चिसापानी गढी राणा शासनका बेला पर्ूर्वी तर्राई र भारतबाट रक्सौलहुँदै काठमाण्डौ प्रवेश गर्ने प्रमूख नाकाका रुपमा मानिन्थ्यो रे । यो गढीको अर्को उपयोगिता अंग्रेजको काठमाण्डौ प्रवेश रोक्नु पनि थियो । जसकालागि गढीको चारैतिर स साना र भित्रपट्ट िकालो रंगको एउटा ठूलो-कालीतोप नामको) तोप राखिएको थियो । गढी भित्रै वटुक भैरवको मन्दिर पनि छ । हामी तिनैको अध्ययनकालागि गएका थियौं । त्यहाँ पुगेपछि पहिले वरपरका वासिन्दाबाट गढीको इतिहास बुझ्न तिर लाग्यौं ।
यही क्रममा थाहा भयो गढी भित्र त महिलालाई प्रवेश निषेध रहेछ । कारण - गढी संरक्षण गर्न बसेका सैनिकहरुले आयोजना गरेको भोज खाएर निस्किने क्रममा एक सैनिककी श्रीमतीको रगत बान्ता भएर ज्यान गएको थियो भन्ने भनाइ सुन्नमा आयो । महिलाले रगत बन्ता गर्नु र ज्यान समेत जानुको ठोस कारण खोज्नुको सट्टा त्यहाँदेखि नै सम्पर्ूण्ा महिलालाई गढीभित्र प्रवेश निषेध गरिएको रहेछ । यसरी कायम भएको मान्यता प्रति एक त रिस पनि उठ्यो र अर्को अझ जिज्ञासा जगायो । बुझ्दा थाहा भयो संकटकालका कारण गढी छोडेर सेना कुलेखानीमा बसेको र पुजारीको मृत्यु भएर नयाँ पुजारी पनि नियुक्त नभएको मौकामा एक जना विदेशी महिला काठमाण्डौ पट्टबिाट मोटरसाइकलमा गई गढी भित्रै प्रवेश गरेर सकुशल फर्किएकी स्थानिय बासीलेनै देखेका रे । आखिर स्वदेशी हुन् वा विदेशी महिला महिलानै हुन् ,असर उस्तै हुनु पथ्र्यो । यो कुरा सबैमाझ राखेर म पनि प्रवेश गरी हर्ेर्छर्ुुन्दा निकै लामो समयदेखि पत्रकारीता गरेका र त्यस भ्रमणको नेतृत्व गरेका प्रशिक्षकले "विदेशीलाई हाम्रो धर्म संस्कृतीको के मतलब । तपाईं जस्तो मान्छेले संस्कृती र परम्परालाई लत्याउन मिल्दैन असर होस् कि नहोस्" भनेर गालि गरे । मैले म अब पत्रकारीता क्षेत्रमा लाग्ने मान्छे हरेक ठाउँमा पुरुष सहकर्मी लिएर हिंड्नु सम्भव पनि नहोला र कुनै दिन निकै कष्टपर्ूण्ा यात्रा पछि अनुसन्धानकालागि पुगेको ठाउँ महिलालाई प्रवेश निषेध रहेछ भने महिला भएकै कारण पत्रकारीता धर्म समेत भुलेर फर्किनु त भनेपछि अनेक नीति र धार्मीक अनुशासनका कुरा सुनाएर १३ जना केटीहरुलाई छोडी केटाहरु लिएर गढी प्रवेश गरे ।
हामी मध्ये कोही महिला भएकोमा आफैंलाई धिक्कार्दै थिए भने कोही परम्परा कायम राख्नु पर्छ भन्दै थिए । घुमी सकेर सबै केटाहरु निस्किए र बयान गर्न थाले गढी भित्रका विविध पक्षको । उनीहरुका बयान सुन्दै गर्दा मलाई चाहीं उनीहरुको हाउभाउले पुरुष भएकाले हामीले हर्ेन पायौं तिमीहरु जति सक्षम भएपनि देख्यौ भनिरहेझैं लाग्यो र म पनि हर्ेर्छर्ुुनेर अडान लिएँ । परम्पराका कुराले नसकेपछि प्रशिक्षकले केही भयो भने भनेर डर देखाउन खोजे । मैले जे हुन्छ त्यसको जिम्मेवार म आफैं हुन्छु त्यसकोलागि बरु हस्ताक्षर छोडेर जान्छु भन्दा त्यो पनि गर्न दिएनन् । त्यसपछि म जबर्जस्ति गढीको मुल गेट तिर लागें । पहिलो ठेलाइमा काठको ढोका खुलेन । एक मन त लाग्यो कतै दैवी शक्ति नै छ कि जस्तो तर फेरी ठेल्दा खुल्यो र पटाङ्गनिीमा छिरें । छिर्दै गर्दा पुरुष साथीहरु दाहिने पट्ट िचाहीं नहर्ेर्नु है कालीतोप छ देब्रेपट्ट िगढीका साना तोप मात्र हेरेर आइहाल्नु भन्दैथिए म हुन्छ हुन्छ भन्दै अघि बढें ।
विश्वास माथि परिक्षण हुनु पर्छ भन्ने सोचका कारण प्रवेश गरेको भए पनि होस् सम्हालेदेखि सुन्दै आएका किंवदन्तिको मानसिक असर ममा पनि रहेछ । हल्का डर र धेरै आँट बोकेर प्रत्येक पाइला चाल्दै थिएँ । अलि पर पुगेर दाहिने तर्फहर्ेदा अगाडी खुल्ला भएको कोठामा गाडामै जडान गरेर राखीएको कालो रंगको तोप देखें । देख्ने वित्तिकै एक पटक त हात खुट्टा कामे, मुटुको धड्कन तीव्र भयो, श्वास रोकिएला जस्तो भयो । यो सब मेरो मानसिक छापको असर हो , म ढलें मात्र भने पनि यो परम्पराले प्रमाण साथ निरन्तरता पाउँछ भन्ने लाग्यो जुन म चाहन्न थिएँ । त्यसैले पनि आफूलाई सम्हालें र अब जे त पर्ला एक पटक छो्रएर मात्र निस्कन्छु भन्ने सोचले अघि बढें । यही बेला कुलेखानीमा बस्दै आएका सैनिक गढी तर्फआएको देखी मलाई फर्काउन प्रशिक्षक आए । त्यो बेला यस्तो थियो कि सेना, प्रहरीले मारेका जति सबै दोहोरो भिडन्तमा मारिएका माओवादी भनिन्थे । परिस्थिति सम्हाल्छु तपाईं जानु भनेर बिस्तारै फर्किएँ । सेनासँग मेरो भेट मुल ढोकामा भयो । एउटाले भित्र जानु भयो भनी सोध्यो मैले गएँ भनें । महिलाले प्रवेश गर्न हुँदैन भन्ने थाहा थिएन भन्ने उसको प्रश्नमा अञ्जान जस्तै बनेर नम्रता पर्ूवक स्थानियवासीले विदेशी महिलाका बारेमा भनेका कुरा सुनाएँ । कुरै कुरामा हामी साथीहरु भए ठाउँ पुग्यौं । पुग्नासाथ कोहि मेरो निधार छाम्न थाले कोहि केही भएन भनेर सोध्न थाले । मैले केही पनि भएन यो अन्धविश्वास मात्र हो भनेपछि केही छोडेर बाँकी केटीहरु हामी पनि जाने भनेर जिद्धि गर्न थाले । अन्ततः सेनाको कमाण्डरले हाम्रो नाम सञ्चारमा नल्याइदिनु भनेर प्रवेश गर्न दिए । त्यसपछि हामी कालीतोप सम्म पुग्यौं, सँगै फोटो खिचायौं र बटुक भैरव मन्दिरको ढोका खोल्यौं, भित्र गयौं खासै सोचेजस्तो भयानक मर्ुर्ती केही रहेनछ मात्र शंख, घण्ट, नागको आकृती फूल अक्षता आदी मात्र रहेछन् ।
यो सब हेर्यौं र सकुशल फर्कियौं पनि । त्यतिनै बेला यो कुरा सञ्चारमा ल्याउँछु भनेर सोचेकी थिएँ तर प्रशिक्षकले परम्परा मान्नेहरुबाट आउने बिरोधलाई सामना गर्न सक्दैनौ त्यसैले प्रचार नगर्नु भनेकाले मौन बसें किनकी अहिले जति आँट त्यो बेला थिएन ।
सुनेकी छु पर्ूवको छिन्ताङ्ग देवी मन्दिरमा पनि महिलालाई प्रवेश निषेध छ रे र भर्खरै धनुषा लगायतका ठाउँको पनि थाहा भयो । हुन सक्छ यी ठाउँमा पनि चिसापानी गढीको जस्तै कुनै समयमा घटेका घटनालाई आधार मानिएको होला । यसो भन्दैमा बिना परिक्षण परम्परा थेग्दै जानु एक्काइसौं शताब्दीको वैज्ञानिक र खोजको युगमा कत्तिको सान्दर्भिक होला -

दर्ुगा लामिछाने
रेडियोकर्मी
काठमाण्डौ

1 comment:

  1. Very Nice Madam you are simply a great journalist wish you all the best to you in your valued life.

    ReplyDelete