तिमीले ओढेको आकाशको एक छेऊ मैले ओढेकी छु भने,
तिमीले टेकेको जमिनको एक कुनामा म उभिएकी छु भने,
भन तिमी र म कहाँ टाढा छौं ?
अहँ लाग्दैन तिमी एकरत्ति पनि टाढा छौ ।
तिम्रा शब्दशब्दमा म तिमीलाई भेटिरहेछु ।
हावाका डाकमा म तिमीलाई सुनिरहेछु ।
तिमी मौन हुँदा पनि मसम्म तिम्रो अन्तरआत्माको ध्वनी आइपुग्छ ।
न हिजो न आज हामी टाढा थिएनौं र छैनौं पनि ।
बरु तिमीसँग गुनासो छ मेरो, किन नचिने जस्तो गरेको ?
ध्यान दृष्टिले हेर त हामी कहिलेदेखि सँगै छौं ?
No comments:
Post a Comment