Friday, March 30, 2012

गजल

अग्राख त होइन मुटु आरा चलाउन
रेटी रेटी नखोज यो ज्यानै ढलाउन

कमलो छ कमलो मन बिरुवाको मुना
भाँचिएर गयो भने गारो पलाउन

कठोर छु पीडा सहन्छु जति भने पनि
एकै वचन काफी हुन्छ मन गलाउन

कहाँ दुख्छु कहाँ रुन्छु तिमीलाई था छ
जानी जानी नखोज भो दिल जलाउन

२०६६.२.२ मध्यरात
लगन काठमाण्डौं

गजल

जुन दिन डोलीमा अन्मिएर आउँछु
छोड पत्र साथैमा लिएर आउँछु

तिम्रै इशारामा नाच्न अनि बाँच्न
नसोच्नु त्यहाँ बेचिएर आउँछु

नठान्नु बाँधुँला सिक्री र पाउजुले
कहाँ तिमीमै अल्भिmएर आउँछु

पाल्ने आश्वासन लिएर नआउनु
पूरापूर आफैं जिएर आउँछु

काठमाण्डौं