Showing posts with label गजल. Show all posts
Showing posts with label गजल. Show all posts

Friday, March 30, 2012

गजल

अग्राख त होइन मुटु आरा चलाउन
रेटी रेटी नखोज यो ज्यानै ढलाउन

कमलो छ कमलो मन बिरुवाको मुना
भाँचिएर गयो भने गारो पलाउन

कठोर छु पीडा सहन्छु जति भने पनि
एकै वचन काफी हुन्छ मन गलाउन

कहाँ दुख्छु कहाँ रुन्छु तिमीलाई था छ
जानी जानी नखोज भो दिल जलाउन

२०६६.२.२ मध्यरात
लगन काठमाण्डौं

गजल

जुन दिन डोलीमा अन्मिएर आउँछु
छोड पत्र साथैमा लिएर आउँछु

तिम्रै इशारामा नाच्न अनि बाँच्न
नसोच्नु त्यहाँ बेचिएर आउँछु

नठान्नु बाँधुँला सिक्री र पाउजुले
कहाँ तिमीमै अल्भिmएर आउँछु

पाल्ने आश्वासन लिएर नआउनु
पूरापूर आफैं जिएर आउँछु

काठमाण्डौं

गजल

यस्तै हुन्छ थाहा भए म माया लाउने थिइनँ
कति सुखी हुन्थ्यो यो मन् म दुःख पाउने थिइनँ

कहिले गीत कला भयो, भाग्य कोर्ने गला भयो
गीतको असर थाहा भए उस्को गीत गाउने थिइनँ

आफ्नो अनुकुल कुरो मोड्नेसँग केही चलेन
वचन पासा थाहा भए मरे नि मुख खाल्ने थिइनँ

२०६६.२.२ मध्यरात
लगन काठमाण्डौं

गजल

नबजाऊ बाँसुरी त्यो तान्छ मलाई
होस् सारा उडाएर लान्छ मलाई

लाग्छ पूर्व जन्मसँग छ कि त नाता
नत्र किन यति प्यारो मान्छ मलाई

कोही आए जस्तो लाग्छ, केही पाए जस्तो
र्स्पर्शले चारैतिर बान्छ मलाई

बैरागीको एकोहोरो मधुर धुन्ले
अनउठो तरंग दी जान्छ मलाई

२०६६.२.२ मध्यरात
लगन काठमाण्डौं

गजल

आफ्नो खर्च क्षति पूर्ति भराउन आउँछन्
बिहे भन्दै छोरा बिक्रि गराउन आउँछन्

ज्ञान गुण हेरिंदैन आजकाल यहाँ
धन रुप हेरी मन् पराउन आउँछन्

पर्ख बाबा सोच्न देऊ भनी बिन्ती गर्दा
आफ्ना अर्का सबै नै कराउन आउँछन्

रात दिन आफूले थेग्न नसके पछि
छोरो साह्रै असल ठराउन आउँछन्

इच्छा त्रि्रा सारा पूरा गराउँछु भन्दै
भाको मेधा क्षमता मराउन आउँछन्

२०६६/२/३ बिहान
लगन काठमाण्डौं