Friday, April 20, 2012

पहाड



यी अजंगका पहाड उपत्यकाका पर्खाल मात्र होइन रहेछन्, 
शहरका हो हल्ला, रिस, इष्र्या, अहं, मोह सारा कुराका अग्निरेखा रहेछन् । 
यीनका अटलता मानवलाई दृढता सिकाइरहेछन्, 
यीनका विशालता मानवलाई विशाल सोच र हृदयकालागि आग्रह गरिरहेछन्, 
यीनका घना मानवलाई गहनता सिकाइरहेछन् । 
एकै पहाडका उच्च र खोंचमा परेका घाम र छायाँले, 
मानव जीवनका सुख र दुःखका अपरिहार्यता देखाइरहेछन् । 
हेर्ने आँखा भइदिए, सुनने कान भइदिए, बुझ्ने मन भइदिए,
पहाडले धेरै धेरै कुरा सिकाइरहेछन् ।

२०६९ बैशाख ३
चीसापानी सिन्धुपाल्चोक र नुवाकोटको सिमाना
कि्रयटिभ जर्नी समूहको पहिलो यात्रामा रचित

Tuesday, April 17, 2012

गजल


         
आऊ कृष्ण आज फेरी वृन्दावनको खेल खेलौं ।
अब म पास अनि तिमी चाहीँ फेल खेलौं ।

डाकेकीछु गोपीहरु रात्री भोज गर्नलाई
तिमी हेरी बस है त म छुक्छुक् रेल खेलौं ।

घरी तिम्रो छातीमा शीर घरी अर्कै अंगालोमा
म पनि त एक फेर मायाको जाल झेल खेलौं ।

हैन हावापानी सधैं तिमी तिरै कहाँ बग्छ
म नि राधे राधे भन्दै उर्लिनेको भेल खेलौं ।

मस्ती गयौै्र मलाई र्वाई युगले आज थुकीरहेछ
कि त मेटाऊ लागेको दाग कि दुबैको मेल खेलौं ।

            दुर्गा लामिछाने
        १४ मार्च २०१२
        राती १२ः ५४