यही सिजन हो यता हेरे नि मकैबारी उता हेरे नि मकैबारी हुन्थ्यो । तराईको वस्ती भएकाले मकैबारीले छोपिएर परबाट त घरै देखिँदैन थिए । घोगामा दाना लाग्न थालेपछि केटाकेटीको ड्युटी नै हुन्थ्यो सुँगा धपाउने ।
बिहान उज्यालो हुँदा नहुँदै आमा (मामा घरको हजुरआमा) सुँगाले मकै सक्ने बेला भो नानी लौ झट्टै बारीमा पुगिहाल त भन्नुहुन्थ्यो । आँखा मिच्दै घरबाट निस्किएदेखि नै सुरु हुन्थ्यो मकैबारी । यसै त चारैतिर आफू जत्रा तीन मान्छे जोड्दा हुने जत्रा अग्ला मकै त्यहाँमाथि सर्प र लाबडकोसे (यसको बारेमा पछि लेख्नेछु) को डर, सायद घरबाट तानेर हिंडेको सास आफ्नो बारीको बाँसमा चढेपछि मात्रै छोडिन्थ्यो होला ।
अनि सुरु गर्यो भाका हाली हाली एउटै अक्षर हा हा हा हा हा हा हा ! सुँगा पनि कम्तिका बाठा होइनन् । कोही १२÷१५ देखि पचासौंको संख्यामा आउँथे र झ्याप्प घोगा समातेर बसेपछि मान्छे त्यहीँ पुगेर नधपाएसम्म जाँदैन थिए । यस्ता सुँगा बस्नै दिन हुन्न थियो, सकिहाल्थे । अर्का चाहीँ लुसुलुसु लुसुलुसु कताबाट आएर एक्लै एक्लै खान्थे र अघाएर जान्थे ।
सुँगा हेर्न केटाकेटी भएका सबै घरकाले आ आफ्नो बारीमा हेरालु पठाएका हुन्थे । अनि त के चाहियो, एकछिन हा हा गर्यो, धेरैबेर कस्कोभन्दा कस्को बाँस, रुख धेरै हल्लियो भन्दै सोइसोइला खेल्यो । खुब रमाइलो हुन्थ्यो । त्यत्ति सोइसोइला पनि खेल्न नपाउने भए त बिहान बिहानै त्यत्रा डरलाई पार गरेर को जान्थ्यो सुँगा धपाउन ?
सोइसोइला खेल्दा खेल्दै कहिले त आमा, खाजा (उसिनेको, पोलेको, घ्यु चिनीमा भुटेको कलिलो मकै) लिएर फुत्त आइपुग्नुहुन्थ्यो । आइपुग्दा पुग्दै लुकेर मकै खाइरहेका २ ४ सुँगा धपाउन र काम राम्ररी नगरेकोमा सम्झाउन पनि भ्याउनु हुन्थ्यो । अनि निगुरमुण्टी लगाएर खोइ कहाँबाट आयो देख्दै देखिनँ भनेर आफ्नो बचाउ गर्दै खाजा खान सुरु हुन्थ्यो ।
ल अब चाहीँ राम्ररी धपाउनु है, यसो बारी पनि घुम्नु, बाँसमा मात्रै चढी नबस्नु भन्नुहुन्थ्यो । हुन्छ । आमाको अगाडी त भन्यो, अर्को मान्छेको सादर बिना भुईँमा बस्ने हिम्मत भए पो बारी घुम्नु । अनि फेरी उही तरिका, सोइसोइला खेल्दै हा हा गाउँदै । पछि मकै झुत्याउने बेला कुनै घोगाको आधा, कुनैको अलिकति मकै सुँगाले खाएको भेटिन्थ्यो । अनि देखिन्थ्यो हेरालुको कामको परिपक्वता ।
लगभग डेढ दशकपछि आजकाल म आफ्नै डेक्सबाट पर्तिरको रुखमा बेलामौकामा बस्न आइपुग्ने सुँगाको दर्शन पाउँछु । छिमेकीले आफ्नो करेसाबारीमा गोडा तीसेक मकैका बोट हुर्काएका थिए, त्यतै ताकेर आएका होलान्, बरै । सानैमा सिकेको कुरा सुँगा देख्यो कि धपाउनु पर्छ भन्ने । अहिले पनि घरी घरी त फुत्किहाल्छ कि जस्तो लाग्छ लयबद्ध हा हा हा हा ।